Rule 106
सफाईको सन्तोषजनक नहुनाको कारण खुलाउनु पर्ने
सजायको आदेश दिन पाउने
अधिकारीले कुनै कर्मचारीले ऐनको दफा ८१ बमोजिम स्पष्टीकरण माग गर्दा त्यस अघि
ऐनको दफा ८० को उपदफा (१) बमोजिम पेश हुन आएको सफाई सन्तोषजनक
नभएमा त्यस्को कारण पनि खुलाउनु पर्नेछ । त्यस्तो कर्मचारीको सम्बन्धमा ऐनको दफा
८० को उपदफा (२) बमोजिम विभागीय जाँचबुझ गराइएको भए सो को नतिजा समेत
उल्लेख गरी प्रस्तावित सजायको औचित्य पनि उक्त स्पष्टीकरणमा खुलाउनु पर्नेछ ।